काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८,७९ को मुनाफाबाट सेयरधनीलाई ६.८४ प्रतिशत लाभांश दिने गरेको थियो ।
कम्पनीको जेठ २६ गते बसेको संचालक समितिले आफ्ना सेयरधनीलाई ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई कम्पनीका आगामी वार्षिक साधारण सभाले पारित भए पश्चात वितरण हुने भएको छ ।