काठमाडौं ,१९ असार । राष्ट्रियसभा बैठकमा बोल्दै आर्थिक सर्वेक्षण अनुसार मुलुकमा २१ खर्व ऋण तिर्न बाँकी रहेको बताएका छन् । सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् ।
उनले भने कूल जिडिबीको ४२ प्रतिशत मुलुकमा ऋणको भार देखिएको छ । त्यो राम्रो संकेत होइन । सरकारले ऋण लिएर घिऊ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको छ ।