काठमाडौं, श्रावण २१ । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला ३ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                     
                    