काठमाडौं, श्रावण १४ । साताको पहिलो दिन पनि सेयर बजारका सबै परिसूचक ओरालो लागेका छन् । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २६.१४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१०० मा कायम भएको छ । कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भयो । म्युचुअल फण्डबाहेकका सबै सूचक ओरालो लागेका छन् ।
जसमध्ये बैंकिङ ८, विकास बैंक ५९, फाइनान्स ४३, होटल तथा पर्यटन १२०, जलविद्युत् ३३, जीवन बीमा १८८, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा २१०, अन्य २८ र व्यापार उपसमूह ६० अंक घटे । १८ कम्पनीको मूल्य बढ्दा १८९ को घट्यो भने १० को स्थिर रहृयो । पिपुल्स पावर र सुपरमाई हाइड्रोको मूल्य ३ प्रतिशत बढ्यो ।
मनकामना स्मार्ट र अभियान लघुवित्तको मूल्य ६ प्रतिशत घट्यो । हिमालयन लघुवित्तको मूल्य ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी र सूर्याज्योति लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।