Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजार भाउ उच्च, तरकारी उप–समूहको मूल्य सबैभन्दा धेरै ४३.०५ प्रतिशत


बजार भाउ उच्च, तरकारी उप–समूहको मूल्य सबैभन्दा धेरै ४३.०५ प्रतिशत

काठमाडौँ । बजार भाउ उच्च भएको छ । गत मंसिरमा जस्तै बजार भाउ महंगो भएको हो । गत मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ६.०५ प्रतिशत पुगेको छ । गत वर्षको सोही महिनामा यो ४.९५ प्रतिशत रहेको थियो ।

गत मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ९.९९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.९२ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५ र ४.९२ प्रतिशतले बढेका थिए ।

यस आर्थिक वर्षको पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्य सबैभन्दा धेरै ४३.०५, दाल तथा गेडागुडीको १०.६६, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० र घिउ तथा तेलको ९.३९ प्रतिशतले बढेको छ ।

तर, सोही अवधिमा मरमसला उप–समूहको मूल्यवृद्धि १.१८ र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि ७.९८, मदिराजन्य पेय पदार्थको ७.०१, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको थियो ।