Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

अमेरिकाको ‘ट्रु–मी’ अब नेपाली बजारमा


अमेरिकाको ‘ट्रु–मी’ अब नेपाली बजारमा

काठमाडौं । अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मी का व्यावसायिक उत्पादन नेपाली बजारमा आएको छ ।
काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरेका हुन् ।

आजबाटै आधिकारिक रुपमा देशभरी विक्रि वितरण प्रारम्भ हुने नेपालका लागि कारोवारको आधिकारिता पाएको कम्पनी ट्रु ड्रमा एसए प्रालिले जनाएको छ । नेपालमा ट्रु ड्रमाका विभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रु–मीका उत्पादन समेत बिक्री वितिरण शुरु गरेको ट्रु ड्रमा एसएका अध्यक्ष सुशान्त मुररकाले जानकारी गरे ।

कम्पनीका अध्यक्ष मुरारकाले अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएका कारण उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पाएको बताए ।
नायिका स्वस्तिमा खड्काले टु« ड्रमाले उत्पादन गरेका सामाग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ट्रु मीका विभिन्न उत्पादनहरु समेत गुणस्तरिय र प्रभावकारी हुने भएकाले यो ब्राण्डसँग आफू पनि जोडिएको बताएकी छिन् ।

नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलव्ध हुनेछन् । ट्रु–मीका हेयर–केयर र स्कीन केयरका सामग्रीहरु सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेकोे कम्पनीले जनाएको छ ।