Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक १६.९५ अंकले घट्यो


नेप्से परिसूचक १६.९५ अंकले घट्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक १६.९५ अंकले घटेको छ । शून्य दशमलव ६२ प्रतिशतले घटेर २६७६.१७ विन्दुमा ओर्लिएको छ । कुल ४२ कम्पनीको सेयर मूल्य बढ्यो भने २०१ कम्पनीको मूल्य घट्यो । आज ५६ हजार ५४८ पटकको सेयर किनबेचबाट ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर किनबेच भयो । व्यापारबाहेक सबै उपसमूहहरू घट्यो । गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, विशाल बजार कम्पनी, राधी विद्युत् कम्पनी, सयपत्री हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको सेयर मूल्य घट्यो । गुराँस लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, छ्याङदी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत् र आरबीबी म्युचअल फन्ड २ को लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाए ।