काठमाडौं,२७ असार । काठमाडौं महानगरपालिकाले पछिल्लो समय साना साना विषयमा व्यवसायीहरुलाई दुःख दिने गरेको भन्दै व्यवसायीहरुले विरोध सुरु गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै आज महानगरको कार्यालय अघि विरोध प्रदर्शन गरेका छन् । महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् ।
उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र साह(बालेन)ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोहि छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए । महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएको भन्दै विरोध गरेका सहभागी युवा प्रसजु मैनालीले बताए । ‘महानगरपालिका भित्र भएका गरिखाने वर्गलाई अवमूल्यन गरेर सहरको सौन्दर्यता राम्रो कदापी हुन सक्दैन ।
काठमाडौं महानगरपालिकाको प्रवृत्तिको विरोध गरेको भन्दै पात्रको विरोध नगरेको दाबी युवाहरुको भनाई छ । यसअघि महानगरपालिकाले व्यवसायीहरुलाई दुःख दिनेगरेको भन्दै विरोध भएको थियो ।