Thursday, June 19, 2025

२०८२ असार ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको विधेयकमाथि छलफल गर्न शुक्रबार बैंठक बस्दै


बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको विधेयकमाथि छलफल गर्न शुक्रबार बैंठक बस्दै

काठमाडौं।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले शुक्रबार बिहान ११ बजेका लागि बैठक राखेको छ ।

जसको एजेण्डा – टीआरसी विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिको कार्य सम्बन्धमा छलफल गर्ने रहेको छ । २१ दिनको समय तोकेर गत जेठ ५ गते ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको थियो । समिति सचिवालयका अनुसार उपसमितिले सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ ।

अझै केही सरोकारवालाहरुसँग छलफल गर्न बाँकी छ । तर विधेयकको प्रतिवेदन लेखन सुरु भएको छैन । उपसमितिको म्याद थप गर्ने तयारी मूल समितिको छ । उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर सदस्य छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा संसद दर्ता गरेको थियो । सरकारले विषयगत समितिमा नलगेरै अगाडि बढाउन चाहेको थियो । तर, दफावार छलफलका लागि संसदीय विषयगत समितिमा लैजानुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण कानुन, न्याय तथा मानव अधिकार समितिमा पुगेको छ । समितिले विधेयकमा सहमति जुटाउन गरेको उपसमितिको म्याद सकिइसकेको छ ।