Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शिक्षा ऐन नक्कली पाएपछि सच्याएर सदनमा पेश गर्नेः प्रधानमन्त्री


शिक्षा ऐन नक्कली पाएपछि सच्याएर सदनमा पेश गर्नेः प्रधानमन्त्री

काठमाडौं, श्रावण २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएको छन् । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले यस्तो बताए हुन्।उनले नक्कली शिक्षा ऐन मन्त्रिपरिषदमा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसदमा पेश गर्ने तयारी गरिरहेको बताएका छन् ।

 

केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौति सामना गर्न सरकार लागिपरेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले नयाँ सङ्कल्प र नयाँ प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान केन्द्रित रहेको बताए । प्रधानमन्त्री दाहालले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको बताएका छन्।