Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लामिछानेबारे कास्की जिल्ला अदालतले सुनाएको फैसला विवेकपूर्णः अध्यक्ष डा बाबुराम भट्टराई


लामिछानेबारे कास्की जिल्ला अदालतले सुनाएको फैसला विवेकपूर्णः अध्यक्ष डा बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबारे कास्की जिल्ला अदालतले सुनाएको फैसला विवेकपूर्ण भएको प्रतिकृया लिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण भएको बताएका हुन् । बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका थिए ।

सूर्यदर्शन सहकारी ठगीको आरोपमा मुद्दा दायर भएपछि १० दिनसम्म चलेको थुनछेक बहसपछि लामिछानेसहितका ७ प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।