Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकबाट धमाधम पैसा उठाउँदै राष्ट्र बैंक


बैंकबाट धमाधम पैसा उठाउँदै राष्ट्र बैंक

काठमाडौं । बैङ्किङ प्रणालीमा तरलता लगानी रकम बढ्दै गएपछि राष्ट्र बैंकले धमाधम बजारबाट पैसा उठाउँदै छ । रिभर्स रिपो मार्फत बजारबाट रकम तान्न लागेको हो । केन्द्रीय बैंकले असार ७ गतेमात्र मात्रै १० अर्ब रुपैयाँ बजारबाट तानेको थियो । भने असार १० गते २० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले १० गते जारी गर्ने रिभर्स रिपो असार १७ गते परिपक्क हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।अहिले बैंकहरुमा ३ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । तर कर्जा लगानी भने ठप्प रहेको छ । राष्ट्र बैंकले बजारमा न्यून तरलता हुँदा प्रवाह गर्ने र अधिक तरलता हुँदा तान्ने गरेको छ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न जान्छ र त्यसले मुनाफा प्रभावित हुने ।