काठमाडौं नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। गत कारोबार दिन सोमबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन पनि प्रतितोला २ सय रुपैयाँ ९ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।