काठमाडौं । सहकारीमा देखिएको तरलताका र वर्तमान अबस्थामा राज्य गम्भीर नभएको भन्दै राष्ट्रिय सहकारी महासंघले आज प्रर्दशन गर्ने भएको छ । आज बिहान ११ बजे काठमाडौंको माइतघरमा सरकारको ध्याकर्षणकालागि सिठ्ठी जुलुस गर्ने महासंघले जनाएको छ । वर्तमान अबस्थामा कयौं सहकारी धरायसी बन्दापनि सम्बन्धीत निकाय मौन बसेको भन्दै महासंघले एक सातादेखि चरणबद्ध आन्दोलन गर्दै आएको थियो । अहिलेको अबस्थालाई तत्काल सम्बोधन गर्न माग गर्दै महासंघले आन्दोलनको घोषणा गरेको हो ।
सहकारीको समस्यामा राज्य गम्भीर नभएको भन्दै सठ्ठी जुलुस