काठमाडौं । सरकारको आन्तरिक श्रोतले चालू खर्च धान्न समेत धौ, धौ भएको अर्थ मन्त्रालयका राजश्व सचिव घिमिरेले बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी दिँदै उनले यस्तो बताएका हुन् । उनले पेन्सन, सामाजिक सुरक्षा, निजामति शिक्षक सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको तलव लगायतमा वर्षेनी दायित्व रकम बढ्दै गएकाले सोका लागि स्रोत व्यवस्थापन जटिल चुनौती बनेको बताएका छन् ।
उनले चालू आर्थिक वर्षमा आन्तरिक ऋणको सावाँ तथा व्याज भुक्तानीमा ४३ अर्ब रुपैयाँ, रसायनिक मल खरिदमा ७ अर्ब, कर्मचारीरशिक्षकरस्वास्थ्यकर्मी र सुरक्षाकर्मीको वृद्धि भएको तलव भत्तामा ३० अर्ब, सामाजिक सुरक्षा भत्तामा ६ अर्ब थप बजेट व्यवस्था गर्नुपरेको बताए । राजश्वसचिव घिमिरेले चालू खर्चमा मितव्ययिता कायम गर्न र पुँजीगत खर्चलाई पुनः प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गरिएको उल्लेख गरे ।
सुरक्षाबन्दीको रासन र कैदीबन्दीको सिदाका लागि २ अर्ब थप श्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ । चालू आर्थिक वर्षको खर्च व्यहोर्ने श्रोतमा राजश्वतर्फ राजश्व १२ खर्ब ४० अर्ब, अनुदान प्राप्ति ५५ अर्ब र वैदेशिक ऋण २ खर्ब ४२ अर्ब र आन्तरिक ऋण २ खर्ब ५६ अर्ब रहेको पनि रहेको छ । २०८० असार १७ गतेसम्म कुल संघीय सरकारको खर्च १२ खर्ब ५४ अर्ब भएकोमा चालू खर्च ९ खर्ब, पुँजीगततर्फ १ खर्ब ६८ अर्ब र वित्तीयतर्फ १ खर्ब ५५ अर्ब खर्च भएकोमा लक्ष्यको तुलनामा ७० प्रतिशत खर्च भएको अवस्था रहेको उनले बताएका छन् ।