Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

होटलमा बस्दाको सीसी टिभी फुटेज र खर्च विवरण उपलब्ध गराउन सांसद कठायतको माग


होटलमा बस्दाको सीसी टिभी फुटेज र खर्च विवरण उपलब्ध गराउन सांसद कठायतको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले संसद्को कृषि समितिले पोखरा भ्रमण गर्दा होटलमा बस्दाको सीसी टिभी फुटेज र खर्च विवरण उपलब्ध गराउन माग गरेकी छन् । जुम्लाकी सांसद कठायतले आइतबार त्यसबारे सूचना उपलब्ध गराउन माग गर्दै समितिमा निवेदन पेस गरेकी हुन् ।

सांसद कठायतले समितिले पुस २४ गतेदेखि २९ गतेसम्म नेपालगन्जदेखि पोखरासम्मको ६ दिने अनुगमनका विषयमा समितिको बैठकमा छलफल भएको भन्दै पुस २९ गते पोखराको होटल ओपन हाउसको राति ८ बजेदेखि १० बजेसम्मको सीसी टिभी फुटेज र उक्त दिनमा भएको खर्च विवरण उपलब्ध गराउन माग गरेकी छन् ।