Thursday, June 19, 2025

२०८२ असार ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

राजश्व संकलनको अवस्था डरलाग्दो स्थितिमा छः सांसद चौधरी


राजश्व संकलनको अवस्था डरलाग्दो स्थितिमा छः सांसद चौधरी

काठमाडौं , १९ असार । सरकारको राजश्व संकलनको अवस्था डर लाग्दो रहेको सांसद अर्बपति विनोद चौधरीले बताएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन्। असार १७ सम्म ९ खर्बको हाराहारीरमा मात्रै राजश्व संकलन हुनु र सरकारको साधरण खर्च १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति भएको चौधरीको भनाइ छ।

सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेको उल्लेख गर्दै उनले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताएका छन्। राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम पनि भयो। आयात बढेको छैन ।

तर पनि समग्र अर्थतन्त्र चलायमान किन हुन सकेको छैन लगानी किन हुन सकिरहेको छैन किन कस्ट अफ डुईङ बिजनेस घट्न सकिरहेको छैन सरकारको सबैभन्दा बढी चासोको विषय यही हो । आउने दिनहरुमा सरकारले गर्ने छलफल अर्थतन्त्रलाई चलायमान बनाउने र लगानी बढाउनेतर्फ हुनुपर्ने उनको भनाई छ ।