Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्ने


घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्ने

काठमाडौं । घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्ने भएका छन् । मुलुकभरका घरजग्गा व्यवसायीको थोरैथोरै लगानीबाट सञ्चालन हुने यस्तो कम्पनीले बैंकिङ ऋणबाट मुक्ति दिलाउने उनीहरुको भनाइ छ । शनिबार रुपन्देही घरजग्गा व्यवसायी संघको अधिवेशनमा सहभागीले कोरोना महामारीपछि थलिएको व्यवसाय उकास्न इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको निर्णय गरिएको जनाए ।


शुक्रबार साँझ बसेको घरजग्गा व्यवसायी महासंघ केन्द्रीय समितिको बैठकले व्यवसायीबाट एक–एक लाख रुपैयाँ संकलन गरेर कम्पनी स्थापनाको निर्णय गरेको छ । अधिवेशनको उद्घाटन सत्रमा सहभागी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले आफ्नो लगानी क्षमता नचिन्दा व्यवसायी बैंकका कारण संकटमा परेको जनाए ।

महासंघका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले मुलुकमा भूकम्प र कोरोना महामारीपछि घरजग्गाको कारोबार ठप्प हुँदा व्यवसायीलाई बैंकको ब्याज र किस्ता कसरी तिर्ने भन्ने चिन्ताले मानसिक समस्यामा पुर्‍याएको उल्लेख गरे । व्यवसायी मीनमान श्रेष्ठले सरकारले घरजग्गा कारोबारलाई उद्योगको मान्यता दिन आनाकानी गरेकाले मर्कामा परेको बताए ।

काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायत ठूला सहरबाट घरजग्गा व्यवसायी भेला भएका थिए । उद्योगी तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले मुलुकमा घरजग्गा लगायत क्षेत्रमा लामो समयदेखिको निराशा चिर्न पनि व्यावसायी एकजुट हुनुपरेको बताए ।