काठमाडौं । कृषि तथा सहकारी मन्त्रालयले मलको कोटा निर्धारण गर्न नसक्दा वीरगन्ज प्रादेशिक क्षेत्रका विभिन्न ठाउँहरुमा मल वितरणमा समस्या आएको छ ।
वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत पुरुषोत्तम सिंहले मधेश प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लागत रुपमा मलको कोटा निर्धारण नगर्दा प्रदेशका कार्यालयबाट मल बितरण हुन नसकेको जानकारी दिएका छन् ।
साल्ट टेड्रि कर्पोरेशनले ग्लोबल टेण्डरबाट आयात गरी रहेको २६ हजार ५ सय मेट्रिक टन युरिया मल भित्राएको छ । जसमध्ये ८ हजार मेट्रिक टन वीरगन्ज प्रादशिक कार्यालयले पाउने छ । साल्टलेनै भारतीय कम्पनी आइपिएल मार्फत ग्लोबल टेण्डरबाट आयात गरी रहेको २० हजार मेट्रिन टन युरिया मलको कन्साइन्मेन्ट मध्ये २ हजार ५ सय मेट्रिक टन मल वीरगन्ज आउने क्रममा रहेको कार्यालयले बताएको छ ।
अहिले युरिया मलको नगत मौज्दात १० हजार ७ सय ९८ मेट्रिक टन कृषि सामग्री कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयले युरिया मलको मौज्दात १० हजार ७ सय ९८ मेट्रिक टन रहेको बताएको छ । त्यस्तै, कम्पनीले मधेश प्रदेशका सबै गोदाममा १६ हजार ८ सय मट्रिक टन युरिया मलको मौज्दात रहेको समेत जानकारी दिएको छ ।
साल्टले २० हजार मेट्रिक टन युरियाको मलको कन्साइन्मेन्टको मल असार महिना भित्रै ल्याउने भएको छ । तर कोटा निर्धारण गर्न नसक्दा विभिन्न ठाउँहरुमा मल वितरणमा समस्या देखिएको वितरकहरुको गुनासो छ ।