Tuesday, August 19, 2025

२०८२ भाद्र ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुलुकको आर्थिक विकासको लागि भौतिक पूवार्धारको निर्माण पहिलो सर्तः प्रधानमन्त्री दाहाल


मुलुकको आर्थिक विकासको लागि भौतिक पूवार्धारको निर्माण पहिलो सर्तः प्रधानमन्त्री दाहाल

काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासको लागि भौतिक पूवार्धारको निर्माण पहिलो सर्त रहेको बताएका छन् ।
बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले सुदृढ समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भन्दै बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई अब त्याग्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालले भने, ‘विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ । बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ । विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु’ ।

प्रधानमन्त्री दाहालले देशले बौद्धिक पलायनको जोखिम सामना गरिरहेको भन्दै यस्तो अवस्था रोकेर देशमै रोजगारी र अवसरको सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने बेला आएको पनि धारणा व्यक्त गरेका छन् ।