Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै ५ अर्ब नाघ्यो


राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै ५ अर्ब नाघ्यो

 

काठमाडौं, श्रावण २१ । राष्ट्रिय वाणिज्य बैंकले झण्डै ५ अर्ब नाध्योको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९,८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखिएको हो । समिक्षा अवधिमा बैंकले ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा १४.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा पनि बैंकले ४ अर्ब २९ करोड २८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा वृद्धि भएकाले नै खुद नाफा बढ्न पुगेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३२.९४ प्रतिशतले बढेर १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ९ अर्ब २९ करोड ५९ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।यस्तै, बैंकको संचालन नाफामा पनि १८.७७ प्रतिशतको बढोत्तरी देखिएको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा ६ अर्ब ९० करोड ९५ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख ७३ हजार रुपैयाँ छ । यसका आधारमा बैंकले आफ्ना सेयरधनीहरुलाई यस वर्ष ११.५९ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ३४ अर्ब ५८ करोड ८९ लाख २३ हजार रुपैयाँ राखेको छ । बैंकको जगेडा कोषको आकार भने अघिल्लो वर्षको तुलनामा दोब्बर वृद्धि अर्थात २.३० गुणाले बढी हो ।

गत वर्ष बैंकले ३ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ३० अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष २.०९ प्रतिशत रहेको यस्तो कर्जा गत वर्ष भने २.९५ प्रतिशत पुगेको छ ।