Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन बैंकको अधिकांश सूचकहरु दोहोरो अंकले बढ्यो


सिटिजन बैंकको अधिकांश सूचकहरु दोहोरो अंकले बढ्यो

काठमाडौं, श्रावण १२ । सिटिजन बैंकले सवा दुई अर्ब भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९,८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकको अधिकांश मुख्य सूचकहरु दोहोरो अंकले वृद्धि भएको छ। गत आवमा बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकको नाफा दोहोरो अंकले अर्थात अघिल्लो आवको तुलनामा १०.४१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ बढी खुद नाफा कमाएको हो ।बैंकको खुद आम्दानी वृद्धि भएसंगै नाफा बढेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले वृद्धि भई ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा बैंकको कुल संचालन आम्दानी ६ अर्ब ९३ करोड ९८ लाख र संचाल नाफा ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ कायम भएको छ । बैंकको संचालन आम्दानी र संचालन नाफा क्रमश १०.७९ प्रतिशत १३.४२ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ७ अर्ब ११ करोड २० लाख रुपैयाँ राखेको छ । बैंकले जगेडा कोषको आकार १४.५६ प्रतिशतले बढाएको छ ।