Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नार्कको पुनर्संरचनाकालागि बनेको उच्चस्तरीय समितिले काम थाल्यो


नार्कको पुनर्संरचनाकालागि बनेको उच्चस्तरीय समितिले काम थाल्यो

काठमाडौं, १२ असार । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनर्संरचना गर्न एक उच्चस्तरीय समिति गठन गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नार्कका पूर्वकार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङको नेतृत्वमा पाँच सदस्यीय नार्क पुनर्संरचना उच्चस्तरीय समिति गठन गरेका हुन ।

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईका अनुसार समितिका सदस्यहरूमा कृषि विश्वविद्यालयका अवकाशप्राप्त प्रोफेसर प्राडा दुर्गामणि गौतम, कृषि मन्त्रालयका सहसचिव सबनम सिवाकोटी, पशु तथा मत्स्य अनुसन्धान केन्द्रका निर्देशक डा. डोजराज खनाल र सदस्य सचिवमा नार्कका प्रशासन निर्देशक नवीन पौडेल पनि सहभागि छन् ।

यो समितिले अध्ययन गरेर तीन महिनाभित्र आफ्नो प्रतिवेदन कृषिमन्त्री भुसाललाई बुझाउने छ । समितिले असार १० गतेदेखि नै आफ्नो कार्य सुरु गरिसकेको कार्यकारी निर्देशक भट्टराईले  बताए। नार्कले लामो समयदेखि कृषि क्षेत्रमा अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ, त्यसलाई अझै व्यवस्थित र वैज्ञानिक बनाउनका लागि समितिले अध्ययन गरी प्रतिवेदन तयार गर्ने बताए ।
नार्कलाई परिषद्मा राख्ने कि विभाग बनाउने, के गर्दा राम्रो हुन्छ सबै विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमै अध्ययन गरेर समितिले प्रतिवेदन तयार गर्ने छ ।

नार्कसँग हालसम्म आफ्नो ऐन छैन । ऐनको मस्यौदा तयार गरी कृषि मन्त्रालयमा गइसकेको छ तर मन्त्रालयबाट अगाडि बढेको छैन । ऐन, नियम, नीति, कानुन बनाउनका लागि पनि समितिको यो प्रतिवेदनले सहयोग पु¥याउने अपेक्षा मन्त्रालयले गरेको छ ।