Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर कारोबार मापक नेप्से परिसूचक ५२.३६ अंकले बढ्यो


सेयर कारोबार मापक नेप्से परिसूचक ५२.३६ अंकले बढ्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ५२.३६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा २ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ६५.४५ विन्दुमा उक्लेको छ । अघिल्ला तीन कारोबार दिन सामान्य अंकले बढेको नेप्सेमा बुधबार सवा ५२ अंकले बढेको हो । उक्त दिन कारोबारमा आएकामध्ये १९६ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ३७ वटाको घट्यो भने बाँकी ९ वटा कम्पनीको स्थिर रहयो ।

९० हजार ६ सय ९६ पटकको कारोबारमा १ करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ९ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । बुधबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सबैको परिसूचक धेरैले बढेपछि समग्र नेप्सेको उच्च वृद्धिमा टेवा पुगेको हो ।