Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युत विधेयक संसदमा लैजान्छौंःउर्जा मन्त्री बस्नेत


विद्युत विधेयक संसदमा लैजान्छौंःउर्जा मन्त्री बस्नेत

काठमाडौं । जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत १५ हजार मेगावाट विद्युत भारत निर्यात गर्ने लक्ष्य लिएको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पान को २१औं बार्षिक साधारण सभालाई सम्वोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । सरकारले आगामी १० वर्षमा १० हजार विद्युत बिक्री गर्ने लक्ष्य लिएको छ ।

तर, मन्त्री बस्नेतले भने १५ हजार मेगावटा विद्युत बिक्री गर्ने गरि वातावरण मिलाउने बताएका हुन् । भारतसँग उर्जा सम्बन्धि भएका सम्झौताका कागजमा मात्र सिमित राख्न नभइ कार्यन्वयन गर्न आधार सहित गरिएको बस्नेतले बताए । उनले विद्युत व्यापार भारत र बंगलादेश बाहेक अन्य मुलुकमा पनि गर्ने बताए ।

विद्युत व्यापार भारत, बंगलादेशसंग गरिएको छ। अब अन्य देशमा पनि गर्ने । मन्त्री बसेन्त ट्रान्समिसन लाइन विस्तारको गति बढाउनेपर्नेमा जोड दिए । जलविद्युत लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी जटिलतालाई फुकाउने उनको भनाई थियो । विद्युत विधेयक तत्काल संसदमा लैजाने बताएका छन् ।