Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै, सुरक्षा अबस्था कडा


रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै, सुरक्षा अबस्था कडा

काठमाडौँ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज आफैँ अदालतमा उपस्थित हुने छन् । बिहीबार अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।

अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी  कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए। उनीसँगै उक्त मुद्दाका छ, जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । लामिछाने,  छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतले जनाएको  छ ।  

यसैबीच, लामिछाने आफै जिल्ला अदालतमा उपस्थित हुने  भएपछि सुरक्षा अबस्था कडा बनाइएको छ । उनका समर्थकहरु सो क्षेत्रमा उपस्थीति हुने अबस्था देखिएकाले सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।