Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

किसानले यस पटक रासायनिक मलको हाहाकार झेल्नु परेन


किसानले यस पटक रासायनिक मलको हाहाकार झेल्नु परेन

काठमाडौं, श्रावण ११ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लगभग ७० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ तर अरू वर्ष झैँ यस पटक रासायनिक मलको हाहाकार झेल्नु नपरेको बताएका छन् । विगतका वर्षमा धान रोपाइँ सुरु भएपछि मलका डिपोमा किसानको लाइन देखिन्थ्यो, मलको अभाव भनी जताततैबाट कुरा आउँथ्यो तर यस पटक त्यस्तो कुनै प्रतिव्रिmया नआएको मन्त्रालयको दाबी छ ।

कृषि मन्त्रालयका सहसचिव राजेन्द्र मिश्रले असार, साउनको महिनामा यसरी कहिले पनि मलको मौज्दात हुँदैनथ्यो तर यसपालि ६४ हजार मेट्रिक टनभन्दा बढी मल मौज्दात रहेको जानकारी दिनुभयो । कृषि मन्त्रालयले गत आर्थिक वर्षमा तीन लाख ७६ हजार ८७४ मेट्रिक टन मल आयात गरेको छ, त्यसमध्ये तीन लाख १२ हजार ४६१ मेट्रिक टन बिक्री भइसकेको छ भने हाल कृषि मन्त्रालयसँग ६४ हजार ४१३ मेट्रिक टन मल मौज्दात रहेको छ ।

त्यसमध्ये ४१ हजार ५३३ मेट्रिक टन युरिया, २१ हजार २३८ मेट्रिक टन डिएपी र एक हजार ६४१ मेट्रिक टन पोटास रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ४५ हजार मेट्रिक टन डिएपी कोलकाताबाट आयात भइरहेको र त्यसमध्ये २१ हजार ८५५ मेट्रिक टन नेपाल आइसकेको कृषि मन्त्रालयले जनाएको छ । बिव्री प्रणालीमा नियन्त्रण र टेन्डर गरिएको मल समयमा आएका कारण मलको अभाव नभएको सहसचिव मिश्रले बताए ।

मल आयात गर्न कहिले छाडिएन, मल ल्याउँदै भण्डारमा राख्दै बिक्रीवितरण गरिएको थियो । किसानले चाहेकोजति मल दिन थालेपछि कहीँ अभावको स्वर नसुनिएको कृषि मन्त्रालयले दाबी गरेको छ ।