Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अलैँचीको भाउ बढेपछि किसान हर्षित


अलैँचीको भाउ बढेपछि किसान हर्षित

काठमाडौं, श्रावण २४ । पूर्वी पहाडी जिल्लाहरूमा धेरै उत्पादन हुने अलैँचीको मूल्य चार वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादनमा बजार निस्कनै लाग्दा उच्च भएपछि किसान हर्षित भएका छन् । ताप्लेजुङमा अलैँची प्रतिमन ४० किलोको ५५ देखि ६० हजारमा बिक्री भइरहेको अलैँची व्यवसायी महासंघ ताप्लेजुङकाका अध्यक्ष भद्रवीर रेग्मीले बताएका छन् ।

जिल्लामा भदौको पहिलो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको, तर किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नहुँदा भाउ बढेको अध्यक्ष रेग्मीले बताए । यस वर्ष भाउ बढे पनि अलैँचीको उत्पादन भने धेरै नहुने देखिएको छ ।

हिउँदमा पर्याप्त वर्षा नभएको र रोगका कारण केही अलैँचीका बोट मरेपछि उत्पादन घट्ने सम्भावना रहेको अध्यक्ष रेग्मीले बताए । ताप्लेजुङमा चार हजार पाँच सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र ताप्लेजुङले बताए ।