Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हुनेखानेका लागि मात्रै कर लगाइएको छःअर्थमन्त्री महत


हुनेखानेका लागि मात्रै कर लगाइएको छःअर्थमन्त्री महत

काठमाडौं । प्रतिनिधि सभामा बोल्दै गर्दा अर्थमन्त्री महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरेको बताएका छन् । प्रतिनिधि सभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक, २०८० मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सरकारले गरिबको पक्षमा रहेर बजेटमा करको व्यवस्था गरेको दाबी गरेका हुन्।

सरकारले हवाई भाडामा लगाएको कर आवश्यकता देखेर लगाएको हो उनले भने  मुलुकभित्रै एउटा हैसियत बनाएका मानिसको लागि सरकारले कर लगाएको मन्त्री महतले न्यून वर्गले प्रयोग गर्ने वस्तु तथा सेवामा सरकारले कर नबढाएको दाबी गरेका छन् ।

५० लाख भन्दा बढी आम्दानी गर्नेको लागि कर बढाइएको र यो व्यवस्थाले पनि गरिबलाई नछुने उनले बताएका छन् । १० लाख भन्दा बढी हिरामोति खरिद गर्ने र ५० लाख भन्दा बढी आम्दानी गर्नेको लागि कर बढाइएको छ, यसरी सरकारले अलि हुने खानेका लागि मात्रै लगाएको अर्थमन्त्री महतले बताएका छन् ।