५ साउन, काठमाडौं । गत साता दुई दिन मात्र बढेको बजार यो साता चार दिन हरियाली छाएको छ । पाँच वटै कारोबार भएको बजार ७८.९७ अकंले बढेको हो । जुन गत साता भन्दा ४३.४ अकले बढि हो ।
गत साता दुइ दिन मात्र बढेको बजार ३५.५७ अकंले बढेको थियो । यो साता नेप्सेमा सुधार आएपनि कारोबार रकम भने खुम्चिएको छ । गत साता १६ अर्ब २७ करोड ८३ लाख ७७ हजार ४१४ रुपैयाँ कारोबार भएको बजारमा यो साता १४ अर्ब ८८ करोड ६५ लाख ३८ हजार ४५१ रुपैयाँ मात्र भएको हो ।
सातामा सबैभन्दा बढी कारोबार मंगलबार भएको थियो । सो दिन कारोबार ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ भएको थियो ।
साताको पहिलो दिन २१०५ बिन्दुमा रहेको परिसूचक अन्तिम दिनसम्म आउँदा २१५२.८१ बिन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा पर्याप्त मात्रामा लगानीयोग्य रकम भएसँगै त्यसले बजारमा सकरात्मक दिसा तिर लगेको तथ्याङ्कले देखाएको छ ।