Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको अन्तिम दिनमा पनि सेयर बजारमा गिरावट


साताको अन्तिम दिनमा पनि सेयर बजारमा गिरावट

काठमाडौं, श्रावण ११ । सेयर बजारका सबै सूचक ओरालो लागेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २९.७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१२६ अंकमा कायम भएको छ । कारोबार रकम २ अर्ब ४२ करोडमा सीमित भएको छ ।

जसमध्ये बैंकिङ १३, विकास बैंक ४७, फाइनान्स ४२, होटल तथा पर्यटन ११९, जलविद्युत् २६, जीवन बीमा २२२, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा १३८, अन्य ३४ र ब्यापार उपसमूह ७८ अंक घटे ।१६ कम्पनीको मात्रै मूल्य बढ्यो भने १९३ को घट्यो । ९ कम्पनीको मूल्य भने स्थिर रहृयो ।

मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल, अभियान लघुवित्त, सिकलेस हाइड्रोपावरको मूल्य ४ देखि ५.९ प्रतिशतसम्म बढ्यो । किसान लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र एभरेस्ट बैंक क्रमशः अगाडि रहेका छन् ।