Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आन्तरिक ऋण नलिइकन ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन्ः युवराज खतिवडा


आन्तरिक ऋण नलिइकन ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन्ः युवराज खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आन्तरिक ऋण नलिइकन ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव नरहेको बताए ।

काठमाण्डौमा आज आयोजित प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले ऋणको आकार बढे पनि त्यस्तो ऋण नलिई ६–७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताए ।

आफू अर्थमन्त्री हुँदा आन्तरिक ऋणका लागि क्षेत्र तोकेको भन्दै उनले अब क्षेत्र मात्रै तोकेर नहुने बताउँदै परियोजना तोकेर आन्तरिक ऋण लिनुपर्ने उल्लेख गरे ।

खतिवडाका अनुसार भर्खरै सरकारले ल्याएको नीति तथा कार्यक्रमले सूचना प्रविधिलाई जोड दिएको छ । यसले उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने उनले बताए । मितव्ययिताका कुरा आउँदा वैदेशिक भ्रमणको कुरा आउने बताउँदै उनले त्यहाँभन्दा ठूलो खर्च सफ्टवेयरमा भइरहेको जिकिर गरे ।

सरकारी आयोगहरूले दिने प्रतिवेदनहरू कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठिरहेका बेला पूर्वअर्थमन्त्री खतिवडाले हुबहु त्यस्ता प्रतिवेदन लागू हुन नसक्ने बताए । उनले अनुसार आर्थिक सुधार आयोग, खर्च पुनरावलोकन आयोगहरूको प्रतिवेदन चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने सरकारी तयारी छ ।