Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो


मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

काठमाडौं, २४ असार । शनिबार दिउँसोदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानैदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरको टोलीले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो । शनिबार दिउँसो ४ बजेतिर मुग्लिन–नारायणगढ खण्डको काली खोला नजिकै सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । मुग्लिन–नारायणगढ खण्डका विभिन्न स्थानमा पहिरो जाँदा पटक पटक सडक अवरुद्ध हुने गरेको छ । गत साता पनि लगातार ३ दिनसम्म पहिरोले सडक अवरुद्ध हुँदा ठूलो संख्यामा यात्रुहरू वैकल्पिक मार्गबाट पैदल हिँड्न बाध्य भएका थिए ।