काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेको छ । पछिल्ला ६ कारोबार दिनयता नेप्से बढेको थियो । शून्य दशमलव १२ प्रतिशतले बढेर २७५८.७५ बिन्दुमा बन्द भएको छ ।
कुल ९० कम्पनीको सेयर मूल्य बढ्यो भने १४५ कम्पनीको मूल्य घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज १ लाख ३ हजार २६२ पटकको सेयर किनबेचबाट ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर किनबेच भए । आज अधिकांश उपसमूहहरु घटे ।