काठमाडौं,३१ असार । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक अपराह्न १ः०० बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।
उनले सो प्रस्ताव माथिको संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने देखी पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यसै गरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।