Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुथेली बुखरी स्मल हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन गर्दै


कुथेली बुखरी स्मल हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं,२६ असार । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो।

सोको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असार २९ गते हुनेछ भने ढिलोमा साउन ९ गते हुनेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ९९८ किलोवाटको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.३७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.१० वर्ष रहेको छ। आयोजनाले २०७१ जेठ ५ गते विद्युत उत्पादन अनुमति पाएको थियो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।