काठमाडौं । दोल्ती पावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर कारोबार आजबाट सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा दोल्ती पावरको प्रतिकित्ता २६१ रुपैयाँ र भुगोल इनर्जीको २०२ रुपैयाँ ८० पैसामा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
दोल्ती पावरको डिओएलटिआई र भुगोल इनर्जीको बिइडिसी संकेतमा सेयर कारोबार खुला भएको छ। बुधबार दोल्ती पावरको कुल ५३ लाख ६४ हजार ८६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको वैदेशिक रोजगारीमा रहेको नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरू सहित १६ लाख ९ हजार ४५८ कित्ता र संस्थापक सेयर धनीहरूलाई लगानी गरेको ३७ लाख ५५ हजार ४०२ कित्ता सेयर गरी कुल ५३ लाख ६४ हजार ८६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै भुगोल इनर्जीको ५४ लाख ४० हजार ५३४ कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको वैदेशिक रोजगारीमा रहेको नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र नेप्सेले दोल्ती पावरको पहिलो कारोबारको लागि न्यूनतम ८७ रुपैयाँदेखि २६१ रूपैयाँ र भुगोल इनर्जीको न्यूनतम ६७ रुपैयाँ ६३ पैसादेखि २०२ रुपैयाँ ८९ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो।
सोही रेञ्जभित्र रहेर दुबै कम्पनीको पहिलो कारोबार खुला भएको हो। नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ। यस अवधिसम्म दोल्ती पावरको सेयर प्रतिकित्ता १.३८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २६४ रुपैयाँ ६० पैसा पुगेको छ भने भुगोल इनर्जीको सेयर प्रतिकित्ता ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २२३ रुपैयाँ पुगेको छ।