Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ


कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ

काठमाडौं । सरकारी कार्यालय, पालिका, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको तारकेश्वर नगरपालिका–७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले गोरखाको भीमसेन गाउँपालिका–१ मसेलकी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ छ्याङ्ढुङकी २३ वर्षीया अञ्जु खत्रीलाई किर्ते कागजातसहित पक्राउ गरेको हो । उनीहरूलाई कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकी बयलकोटीले फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात डिजाइन गर्न दुई जना सहयोगीलाई मासिक १० देखि १५ हजार रुपैयाँसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट नक्कली जग्गाधनी प्रमाणपुर्जा, विभिन्न तहका शैक्षिक प्रमाणपत्र, बैंक तथा सहकारीका लेटरप्याड, छाप, कम्प्युटर, प्रिन्टरलगायत सामग्री बरामद गरेको छ ।