Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति


रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले राप्रपा नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २४ जना व्यक्तिहरूलाई जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । प्रहरीको माग बमोजिम सरकारी वकिलहरूले भने २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेका थिए । पछिल्लो पटक १० वैशाखमा उनीहरूविरुद्ध तीन दिनको म्याद थप भएको थियो । त्यसबेला पनि उनीहरुलाई २० दिन हिरासतमा राख्न सरकारी पक्षले माग गरेको थियो ।

तर, अदालतले मिश्रको बयान सकिएको र प्रसाईंको पनि जारी रहेको विषयलाई उल्लेख गर्दै थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो ।

प्रहरीले भने अनुसन्धान गर्नुपर्ने थप विषयहरु अझै बाँकी रहेको भन्दै म्याद थप गर्नुपर्ने प्रस्ताव गरेको थियो । इजलासमा मिश्रले ‘आफ्नो नाक अगाडि नै प्रहरीले अश्रुग्यास खसालेर नवराज सुवेदी समेत घाइते भएपछि आफू केही आवेगमा आएको’ बताएका थिए । तर, ढुंगामुढा वा तोडफोड गर्न आफूले कहिल्यै नभनेको उनले जिकिर गरेका थिए ।

यसअघि अदालतले मिश्र र प्रसाईंको स्वास्थ्य संवेदनशीलताप्रति ख्याल गर्दै त्यस्तो आदेश गरेको थियो । अदालतमा मिश्र र प्रसाईंले स्वास्थ्य कारण देखाउँदै आफूहरुलाई हाजिर जमानतमा छाड्नुपर्ने मागसहित निवेदन समेत दिएका थिए ।

तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।