काठमाडौं, श्रावण २८ । प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले संसद् चलाउन खोजेको दाबी गरेका छन् । उनले संसद् अवरोध एमालेले नगरेको बताए । साउन १० यता संसद्को बैठको बेलमा गएर अवरुद्ध गरिरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा पत्रकार सम्मेलनमा ओलीले संसद् चलाउन खोजेको दाबी गरेका हुन् ।
सत्तापक्षले संसद् चल्न नदिएको ओलीको दाबी छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसद्का दुवै सदनको काम कारबाहीमा अवरोध गरिरहेको बताउँदै अध्यक्ष ओलीले थपे, संसद् अवरोध हामीले गरेको होइन । सुन तस्करीले देशलाई अप्ठ्यारोमा पारेको उनले बताए । मुलुकको अर्थतन्त्र, सुशासन, प्रशासनमाथि प्रहार भइरहेको ओलीले बताएका छन् ।