काठमाडौं , २१ असार । सेयर बजार परिसूचक अन्तिम दिनमा पनि गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक जम्मा ०.०६ अंक मात्रै घटेको हो । त्यस्तै परिसूचक मात्रै नभई कारोबार रकम पनि अघिल्लो दिनकै जति ३ अर्ब ७ करोडको भएको छ । कुल ९० कम्पनीको मूल्य बढ्दा २२७ को घट्यो भने ८ को स्थिर रह्यो ।
जसमध्ये बैंकिङ ३, फाइनान्स १, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा २२, अन्य ५ अंक घटे । उत्पादन ३१, विकास बैंक ८, जीवन बीमा १०, जलविद्युत् २१, होटल तथा पर्यटन ८० अंक बढे ।सिटी होटल र रावा इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । माथिल्लो तामाकोसी र जोशी हाइड्रोको मूल्य ९ प्रतिशत बढ्यो । मोदी इनर्जीको मूल्य भने १० प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, प्रभु बैंक संस्थापक, हिमालयन लाइफ इन्स्योरेन्स, सिटी होटल र सोल्टी होटल क्रमशः अगाडि रहेका छन् ।