Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै


सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

धनगढी, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदैछ । अपरान्ह ४ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले आगामी आर्थिक बर्ष २०८०र०८१ के बजेट प्रस्तुत गर्दैछन् ।

अघिल्लो वर्ष सरकारले रोकेको प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा यस पटक प्रदेशसभा सदस्यमार्फत खर्च गर्नेगरी तीन करोड बजेट उपलब्ध गराउने तयारी समेत छ । प्रत्यक्ष निर्वाचित सांसदहरूको क्षेत्र अनुसार उक्त रकम वितरण गर्ने सरकारको छ ।

सुदूरपश्चिम प्रदेशमा ३२ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । ती क्षेत्रका लागि सरकारले ९६ करोड बजेट विनियोजन गर्ने तयारी गरेको छ । यस पटक सरकारले अघिल्लो पटकभन्दा सानो आकारमा बजेट ल्याउन लागेको हो । अघिल्लो वर्ष सरकारले चालू आर्थिक वर्षको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।