काठमाडौं । मिस नेपाल २०२३ का विजेताले बसमा चढेर सम्पदा यात्रा गरेका छन् । उनीहरुले शनिबार काठमाडौंका सम्पदा यात्रा गरेका हुन् ।काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको सम्पदा घुम्ती बस सेवा मार्फत उनीहरुले नारायणहिटी, पशुपतिनाथ, बौद्ध र स्वयम्भुको भ्रमण गरेका थिए ।
नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा पाटन दरबार स्क्वायर, काठमाडौंमा दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी गत ९ जेठदेखि सम्पदा घुम्ती बस सेवा परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ ।
शनिबार ललितपुरबाट सुरु गरिएको यात्रामा मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रेना मजगैया, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धी शाह र मिस नेपाल अर्थ २०२२ डा। सरिशा श्रेष्ठ सहभागी थिए । उनीहरुको साथमा नेपाल पर्यटन बोर्ड, साझा यातायातका कर्मचारी पनि सहभागी भएका थिए ।