काठमाडौं, श्रावण १९ । सेयर बजार परिसूचक नेप्सेमा यो साता ३६ अंकमाथिको गिरावट आएको छ । अघिल्लो साता ३९ अंकले घटेको नेप्से सूचक थप यो साता ३६.६४ अंकले घट्दै २ हजार ८९.८४ अंकको विन्दुमा झर्न पुगेको हो । साता ३६ अंकले नेप्से घटेको बजारमा कूल ९ अर्ब ४९ करोड ५२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
जसमध्ये बैंकिङ समूहतर्फ ३९ करोड ३८ लाख ७२ हजार २८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने यो साता होटल तथा पर्यटन समूहको उपसूचकको कारोबार पनि १० करोड १२ लाख १ हजार ४१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी विकास बैंक समूहको १४ करोड ८४ लाख ७८ हजार ९०१ रुपैयाँ, फाइनान्स समूहको १७ करोड ८७ लाख ६४ हजार रुपैयाँ, हाइड्रो समूहको २६ करोड ५३ लाख ३ हजार रुपैयाँ र जीवन बीमा र निर्जीवन बीमा समूहको कारोबार क्रमशः अगाडि रहेका छन् ।