Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वडा सदस्यलाई कारबाहीको माग गर्दै गाउँपालिकामा काम रोकियो


वडा सदस्यलाई कारबाहीको माग गर्दै गाउँपालिकामा काम रोकियो

बर्दिया, २५ असार । बर्दियाको गेरुवा गाउँपालिकाका कर्मचारीहरुले वडा सदस्य वीरेन्द्रबहादुर शाहलाई कारबाहीको माग गर्दै कामकाज बन्द गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ का सदस्य शाहले कार्यालयमा तोडफोड गर्दै कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले कामकाज बन्द गरेका हुन् कर्मचारीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएअनुसार असार २४ गते राति १२ बजेबाट आर्थिक वर्ष २०७९र८० को सबै भुक्तानी प्रक्रिया बन्द हुने भएकाले सेवाग्राहीको सहजताका लागि कार्यालयका कर्मचारीहरुले आ आफ्नो शाखामा काम गरिरहेका थिए । त्यही बेला असार २४ गते राति करिब ११।०१ बजेको समयमा मादक पदार्थ सेवन गरी आएका शाहले आर्थिक प्रशासन शाखामा प्रवेश गरी अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको कर्मचारीहरुको भनाइ छ ।

शाहले शाखाको काउन्टरमा रहेको सिसासमेत फुटाएको विज्ञप्तिमा उल्लेख छ । कर्मचारीहरुलाई वडा सदस्य शाहलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । ‘आफ्नो स्वार्थ पूरा नहुँदा ज्यान मार्नेसम्मको मनस्थितिका साथ उत्रिनु आफैंमा खेद प्रकट गर्ने विषय यो,’ विज्ञप्तिमा लेखिएको छ, ‘निज विनोद शाहलाई कानुन बमोजिम हदैसम्मको कारबाही नभएसम्म गेरुवा गाउँपालिका कार्यालयबाट सन्चालन हुने सम्पूर्ण सेवाहरु स्थगित गरिएको‘।’