Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यस्तो छ, विदेशी विनिमयदर


यस्तो छ, विदेशी विनिमयदर

काठमाडौं, श्रावण २२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ २५ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ८५ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४५ रुपैयाँ“ ६२ पैसा, बिक्रीदर १ सय ४६ रुपैयाँ“ २८ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६८ रुपैयाँ“ ६२ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ“ ३८ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ“ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ“ २९ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ४१ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ“ १७ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ ०१ पैसा र बिक्रीदर ३६रुपैयाँ“ १७ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २९ रुपैयाँ“ ०३ पैसा रहेको छ, भने बिक्रीदर २९ रुपैयाँ“ १७ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।