काठमाडौं, १३ असार । कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल सुरु हुदैछ । प्रदेशसभा भवन, सुर्खेतमा बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेटमाथि छलफल हुने छ । प्रदेश सरकारको प्रस्तुत गरेको आर्थिक वर्ष २०८०—८१ को वार्षिक बजेट तथा कार्यक्रम माथि छलफल हुनेछ ।
मन्त्रालयगत रूपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।