Sunday, December 21, 2025

२०८२ पुष ६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यती एयरलाइन्सको जहाजमा मुसा पसेपछि उडान रद्द


यती एयरलाइन्सको जहाजमा मुसा पसेपछि उडान रद्द

काठमाडौं। यती एयरलाइन्सको जहाजमा मुसा देखिएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न तयारी रहेको जहाज रोकिएको छ ।

सोमबार बिहान ११ः५० मा उड्न लागेको जहाजमा मुसा देखिएपछि उडान रोकिएको कम्पनीले जनाएको छ।
पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यतीको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएपछि उडान रोकेर मुसाको खोजी भइरहेको छ।

सोही जहाजबाट राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पनि काठमाडौं आउन लागेका थिए। तर, जहाजमा मुसा देखिएपछि उडान रोकेर अर्को जहाजमा पठाउनेनिण्र्नय भएको यतीले जनाएको छ।