Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साउन ३१ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै अपि पावर


साउन ३१ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै अपि पावर

काठमाडौं, श्रावण १४ । अपि पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।कम्पनीले १०.४५ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयर निष्कासन तथा प्रयोजनका लागि कम्पनीले असार २२ गते बुक क्लोज गरिसकेको छ। यस अनुसार असार २१ गतेसम्म कायम सेयरधनीहरूले उक्त सेयरमा आवेदन दिन सक्नेछन्। सो हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत् र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन मिल्ने।