Thursday, December 05, 2024

२०८१ मंसिर २०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नवप्रवर्तनलाई १ अर्बको कोष (पुर्णपाठ)


नवप्रवर्तनलाई १ अर्बको कोष (पुर्णपाठ)

काठमाडौं, १६ जेठ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब बजेट विनियोजन गरिएको छ । कोषमा प्रदेश र स्थानीय तहलाई समेत रकम जम्मा गर्न प्रोत्साहित गरिने जनाइएको छ । सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गरिने घोषणा छ ।

‘नवप्रवर्तन, आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय एवं सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाइ स्थापना गरिनेछ,’ बजेटमा भनिएको छ, ‘मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप ईको सिस्टम विकास गरिनेछ ।

उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौंमा इन्क्युवेसन सेन्टर सञ्चालन गरिनेछ ।’ स्टार्टअपलाई प्रोत्साहन गर्न बजेटले १ अर्ब २५ करोड विनियोजन गरेको छ ।

(पुर्णपाठ)